काठमाडौं । बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रसका स्वयंसेवकहरूले सुत्केरी महिला तथा बालबालिकालाई आवश्यक सहयोग र परामर्श प्रदान गरिरहेका छन्।
होल्डिङ सेन्टरमा रहेका सुत्केरी महिलासँग भेट गरी स्वयंसेवकहरूले उनीहरूको स्वास्थ्य अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिइरहेका छन्। आवश्यकताअनुसार परामर्श तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको रेडक्रसले जनाएको छ।त्यस्तै, बाढीका कारण त्रसित बालबालिकालाई मानसिक रूपमा सहज बनाउन होल्डिङ सेन्टरमा विभिन्न मनोरञ्जनात्मक तथा सिकाइमूलक गतिविधि सञ्चालन गरिएको छ। बालबालिकालाई गीत, खेल, चित्रकला लगायतका कार्यक्रममा सहभागी गराएर उनीहरूको तनाव कम गर्ने प्रयास भइरहेको छ।बाढीपछि प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै बालबालिका तथा सुत्केरी महिलाको मनोसामाजिक अवस्था सुधारमा समेत रेडक्रसले प्राथमिकता दिएको छ।