काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि त्रिसरा र इभोल्भ फिटनेसले रक्तदान अभियान आयोजना गर्ने भएका छन्।
‘Give Blood, Give Hope’ भन्ने नारासहित आयोजना हुने रक्तदान कार्यक्रम शुक्रबार, अगस्ट २८ गते बिहान ८ बजेदेखि त्रिसरा लाजिम्पाटमा सञ्चालन हुनेछ।बाढीका कारण प्रभावित तथा घाइते भएकाहरूलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले अभियान आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। एक व्यक्तिले गरेको रक्तदानले आवश्यक परेको अर्को व्यक्तिको जीवन बचाउन सहयोग पुग्न सक्ने भएकाले अभियानमा सहभागी भएर सहयोग गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।रसुवाका बाढीपीडितको दुःखमा साथ दिन र मानवीय सहयोग जुटाउन आयोजना गरिएको यस अभियानमा इच्छुक सबैलाई सहभागी हुन अपिल गरिएको छ।