पुस १, मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले साँघुरो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गर्दै रियलले साँघुरो जित निकालेको हो ।
https://www.youtube.com/watch?v=qYmweQeMxso
घरेलु मैदानमा करीम बेन्जिमा नायक बन्दा रियलले साँघुरो जित निकालेको हो । पहिलो हाफको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । खेलमा पकड जमाएपनि रियलले थप गोल गर्न नसक्दा साँघुरो जितमा चित्त बुझाएको हो ।
घरेलु मैदानको जितसंगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियलले १६ खेलबाट २९ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा २ अंकले पछि छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ । पराजित भालेकानो १० अंक जोडेर रेलिगेसन जोनमा छ ।
ला लिगा अन्तर्गत शनिबार राति दोस्रो स्थानको एट्लेटिको मड्रिडले रियल भालाडोलीटलाई ३-२ ले हराएको छ । जितपछि एट्लेटिकोले बार्सिलोनासंगको अंक बराबरी गरेको छ ।
यस्तै गेटाफेले रियल सोसिडाडलाई १-० ले हराउदा इबर र भ्यालेन्सियाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।