काठमाडौं । लगातार आठ दिनसम्म बढेको नेप्से परिसूचक सोमबारदेखि ओरालो लागेको छ। सोमबार सामान्य ३ अंक घटेको बजार मंगलबार भने ४२.५८ अंकले झरेको हो।
यस अवधिमा लगानीकर्ताले उल्लेख्य नाफा आर्जन गरेपछि नाफा सुरक्षित गर्ने क्रम बढ्दा बजारमा दबाब परेको देखिन्छ। सोमबारसम्म धेरै कम्पनीका सेयरमा ४९ प्रतिशतसम्म लाभ देखिएको थियो। १४७ कम्पनीमा ५ प्रतिशतभन्दा बढी, ६२ कम्पनीमा १० प्रतिशतभन्दा बढी र १३ कम्पनीमा २० प्रतिशतभन्दा बढी नाफा देखिएको तथ्यांक छ।
यही नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेपछि बजार घटेको विश्लेषण गरिएको छ।
अब बजारको दिशा के हुन्छ भन्ने विषयमा प्राविधिक विश्लेषणतर्फ ध्यान केन्द्रित गरिएको छ। नेप्सेमा आइतबार र सोमबार बनेका मैनबत्ती आकृतिले ‘डोजी स्टार’ संकेत देखाएका थिए। मंगलबार बजार घटेर लामो रातो मैनबत्ती बनेसँगै ‘इभिनिङ डोजी स्टार’ जस्तै आकृति बनेको छ।
तीन दिनको क्रम हेर्दा पहिलो दिन बजार उच्च अंकले बढ्दै लामो हरियो मैनबत्ती बनेको थियो। दोस्रो दिन सुरु र अन्तिम मूल्यबीच थोरै अन्तर रहँदा सानो शरीर भएको डोजी आकृति बन्यो, जसको माथि र तल दुबै दिशामा धागो देखियो। तेस्रो दिन बजार ओरालो लाग्दै लामो रातो मैनबत्ती बनेको छ।
यसले छोटो अवधिमा बजारमा गिरावट आउन सक्ने संकेत दिने विश्लेषकहरूको भनाइ छ। यद्यपि मैनबत्ती चित्र सामान्यतया छोटो अवधिको संकेतका लागि प्रयोग गरिने भएकाले आगामी दिनको चालले बजारको दिशा अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
लामो अवधिको प्रवृत्ति बुझ्न प्रयोग गरिने मुभिङ एभरेजले भने बजार पूर्ण रूपमा बियरिस चरणमा प्रवेश गरिसकेको संकेत दिएको छैन। नेप्से चार्टमा ५० दिने र २०० दिने मुभिङ एभरेज एकअर्कासँग नजिक देखिएका छन्।
यसअघि २०० दिने रेखा माथि र ५० दिने रेखा तल थियो। हाल ५० दिने रेखा माथि जान सक्ने अवस्थामा देखिन्छ। यदि ५० दिने रेखाले २०० दिने रेखालाई माथिबाट काटेमा ‘गोल्डेन क्रसओभर’ बन्नेछ, जसलाई बजार उकालो लाग्ने संकेतका रूपमा लिइन्छ।
तर २०० दिने रेखाले ५० दिने रेखालाई माथिबाट काटेमा ‘डेथ क्रसओभर’ बन्ने मानिन्छ, जसले बजार घट्ने सम्भावना जनाउँछ। गत मंसिरको पहिलो साता नेप्सेमा डेथ क्रसओभर देखिएको थियो।
बजारमा तीव्र उतारचढाव हुँदा मुभिङ एभरेजले पनि दीर्घकालीन संकेत सधैं ठ्याक्कै दिन नसक्ने उल्लेख गरिएको छ।
अघिल्ला वर्षहरूमा पनि गोल्डेन र डेथ क्रसओभरपछि बजारले फरक–फरक दिशा लिएको उदाहरण देखिन्छ। केही अवस्थामा बुलिस प्रवृत्ति छोटो समयमै सकिएको छ भने कतिपय अवस्थामा लामो समय टिकेको छ।
विश्लेषकहरूका अनुसार बजार