काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरीलाई नजरबन्दमा नराखेको जानकारी दिएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रहरी कर्मचारीहरूलाई नजरबन्दमा नराखिएको जनाएको हो ।
यद्यपी प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोले निजहरूलाई प्रहरी नियमावली बमोजिम आवश्यक छानबिनको लागि अनुसन्धान कार्य भइरहेको जनाएको छ । नेपाल प्रहरीका पूर्वडीएसपी गोबिन्द पन्थीले १३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको खुलासा गरेका थिए।
