विराटनगर, ११ माघ – विवेकशील साझा पार्टीले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश १ संयोजक घोषणा गर्ने भएको छ।
संयोजक चयनका लागि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता डा. सूर्यराज आचार्य, केन्द्रीय सदस्यहरु अब्दुश मिया, तारा काफ्ले, प्रकाशचन्द्र परियार र अनिल भेटवाल विराटनगर पुगिसकेका छन्।
प्रवक्ता आचार्यका अनुसार विवेकशील साझा पार्टी प्रदेश नम्बर–१ ले आयोजना गरेको समारोहमा प्रदेश संयोजकको तोकिने छ। साथै जिम्मेवारी बाँडफाँड पनि गरिने छ।