काठमाडौँ, ११ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न अध्यागमन प्रणाली सफ्टवेयर निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको एफवान सफ्ट र त्यसअन्तर्गतको ई–सेवामा कार्यरत व्यक्तिलाई दिईएको छ।
प्रविधि विज्ञ अलीको दबाब र प्रभावमा अध्यागमन विभागले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरित उनको कम्पनीमा आबद्व जनशक्तिलाई परामर्शदाता नियुक्त गरी सफ्वेयर निर्माणको जिम्मा दिएको हो।
ई–सेवामा कार्यरत अलीका सहदोर भाई अख्तरको नेतृत्वमा ६ जनाले अध्यागमन सूचना प्रणाली आधुनिकीकरणका लागि सफ्टवेयर निर्माण गरिरहेका छन्। यो समाचार नागरिक दैनिकले छापेको छ।