काठमाडौँ, ७ फागुन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक इतिहासकै संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्।
६९औँ प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गर्दै काइरालाले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकतासमेत संकटमा परेको दाबी गरेका छन्।
मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको हुनाले शहीदहरूको रगतसँग साटिएको जन–आन्दोलनका उपलब्धि गुम्ने खत्तरासमेत बढेर गएको कोइरालाको ठहर छ।
शहीदहरूप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्रका पक्षमा र जस्तोसूकै निरंकुसताका विरूद्ध लड्न सक्ने शक्ती प्राप्त होस भन्ने कामनासमेत काइरालाले गरेका छन्।