र्यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् ।
काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्यले पार्टीको निर्णयपछि घोषणा गर्ने भनेलगत्तै र्यापर शाह मैदानमा उत्रिएका छन् ।
नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने शाहले फेसबुकमार्फत जनाएका हुन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।
उनले लेखेका छन्, ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।’