नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणमा भएको मतदानको मतगणना सुरु भएको छ ।
मंगलबार राती राष्ट्रिय सभागृहमा दोस्रो चरणमा सभापति पदको मतगणना सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए ।
सभापति पदका लागि प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् ।मंगलबार दिउँसो साढे ३ बजेदेखि साढे नौ बजेसम्म भएको मतदानमा चार हजार ५६३ मत खसेको सचिव रिजालले जानकारी दिए ।
पहिलो चरणको मतदानभन्दा ११३ मत खसेको उनले बताए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो ।