नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भृकुटीमण्डपमा भइरहेको छ । साँझ ६ बजेसम्म करिब २१ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि छन् ।
सभापतिका उम्मेदार शेरबहादुर देउवा र डा। शेखर कोइराला मतदानका लागि लाइनमा बसेका मतदाताहरुसँग मत मागिरहेका छन् ।
सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् ।