नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो ।
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ । सभापतिका लागि निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । त्यो भनेको २३४० मत हो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ ।
कांग्रेसको सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्बी शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।