कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । २१०६ मतगणना हुँदा सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।
सभापतिमा २१०६ मतगणना हुँदा शेरबहादुर देउवाले ९९१, शेखर कोइरालाले ७६२ मत ल्याएका छन् । यस्तै प्रकाशमान सिहंले १७४ ,विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।