कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । दुई हजार मतगणना हुँदा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
सभापतिमा २००६ मतगणना हुँदा शेरबहादुर देउवाले ९५८, शेखर कोइरालाले ७२६ मत ल्याएका छन् । यस्तै प्रकाशमान सिहंले १५३ ,विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ७ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।