कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । १८०६ मतगणना हुँदा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
सभापतिमा १८०६ मतगणना हुँदा शेरबहादुर देउवाले ८६८, शेखर कोइरालाले ६५९ मत ल्याएका छन् । यस्तै प्रकाशमान सिहंले १५५,विमलेन्द्र निधिले ९८ र कल्याण गुरुङले ७ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा। शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।