प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सामाजिक रूपान्तरणको कार्यमा सक्रिय भएको बताएका छन् ।
मुख्यमन्त्री राउतले नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुसंग मुख्यमन्त्री निवासमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
सामाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको विषयलाई ध्यानमा राखेर प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन प्रदेश सरकार सामाजिक रूपान्तरणलाई उच्च प्राथमिकताका राखेको बताए ।
उनले सामाजिक रूपान्तरणका लागि प्रदेश २ सरकारले चालेका कदमहरू अन्य प्रदेशको तुलनामा अब्बल रहेको दाबी गरे। मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारले सुरु गरेको कार्यक्रम तथा योजनाहरू बारे स–विस्तार जानकारी गराए ।
सामाजिक रूपान्तरणका लागि प्रदेश नंं २ मा बेटी पढाऊ बेटी बचाउ, छोरी शिक्षा विमा, स्वच्छता अभियान , दलित सशक्तीकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरूमा आरक्षणको व्यवस्था लगायत विषयहरूको बारेमा मुख्यमन्त्रीले जानकारी दिए ।