काठमाडौँ, ६ फागुन – छाया कम्प्लेक्स निमार्ण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको खुलासा भएको छ।
राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्त्विक महत्वको सार्वजनिक पोखरीलाई निजि बनाईएको हो।
कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गा पुर्जी दिने मालपोत कार्यालय र नक्सा पास गर्ने महानगरपालिकाकाका तत्कालिन कर्मचारीको समेत संलग्नता देखिएको हो।
कमलपोखरीको जग्गामा मोही कायम गराउन अदालतसम्म पुगेर मिलापत्र गराईएको पाईएको छ। मिलापत्र गराउदा जसलाई हानीनोक्सानी पर्छ ऊ स्वमं हानी पुग्ने कार्यमा संलग्न हुनुले सत्ता र शक्तिको दुरुपयोग भएको देखिएको हो। यो समाचार नागरिक दैनिकमा छ।