काठमाडौँ, ६ फागुन – नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आज मनोनयन दर्र्ता हुँदैछ। सत्तारुढ दल नेकपा निकट प्रगतिशिल कानुन व्यवसायी एसोसिएसनले वरिष्ठ अधिवक्ता भण्डेश्वर श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले सुनिल पोख्रेलको नेतृत्वमा मनोनयन दर्ता गराउने भएका छन्।
दुवै संगठनले शनिवार उम्म्देवारको नामावली तयार गरेका हुन। प्रगतिशिल कानुन व्यवसायी संगठनबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा ईश्वरी भट्टराई, महासचिव सुरेन्द्र थापा र कोषध्यक्षमा रुद्र पोख्रेल र महिला उपाध्यक्षमा रक्षा बस्याल चुनावी मैदानमा छन्।
यस्तै, डेमोक्रेटिक लयर्स एसोसिएसनले अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा राजेश्वर अधिकारी, महिला उपाध्यक्षमा कविता थापा, महासचिवमा लीलामणी पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।
यो समाचार नागरिक दैनिकमा दैनिकमा छ।