नेपाली कांग्रेसका सभापती एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनीधीसभाबाट विश्वासको मत पाएका छन्। नेकपा एमालेका २२ सांसदले फ्लोर क्रस गरेपछी उनले लगभग २ तिहाई विश्वासको मत पाएका हुन्।
देउवाले विश्वासको मत पाएपछी विभिन्न दलका नेताहरुले सामाजिक सञ्जालमार्फत प्रतिकृया जनाएका छन्। उनीहरुको प्रतिकृया जस्ताको त्यस्तै
घनश्याम भुषाल, नेकपा एमाले
संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।
कमल थापा, राप्रपा
संविधानको धारा ७६(५)को अप(?) व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भयो।चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजीत भए।
जनादेश प्राप्त चुनावपूर्वको गठबन्धन भताभुङ्ग भयो। परस्पर विरोधी एजेण्डा/विचार बोकेर जनतामा गएकाहरु सत्तास्वार्थका निम्ति एकठाउँमा उभिने बाटो खुलेको छ।
विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनशाय हो।पार्टी फुटाएर,सासंद किनबेच गरेर,फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधानको मनशाय कदापि होइन।यो व्यवस्था 'परम्परागत' संसदीय व्यवस्था होईन भन्ने 'कुतर्क' गरेर गलत अभ्यासको पक्षपोषण गर्नु उपयुक्त होइन।
विमलेन्द्र नीधि, नेपाली कांग्रेस
लोकतन्त्रको विजय भयो !
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा ज्यूले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। प्रधानमन्त्री देउवाले प्राप्त गर्नुभएको विश्वासको मत फगत कांग्रेसको विजय हैन, यो त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैको विजय हो। हामीले हालसम्म प्राप्त गरेका राजनीतिक उपलब्धी मासेर मुलुकलाई निरंकुशतातर्फ लैजाने यसअघिको सरकारको प्रयास विफल पार्न कांग्रेसले नेतृत्व गरेको मार्गमा हिँड्ने सबै धन्यवादका पात्र हुनुहुन्छ। अब शासन व्यवस्था सुदृढ पार्दै मुलुकमा व्याप्त समस्या समाधान गर्ने कांग्रेस नेतृत्वको सरकारको कदममा पनि यहाँहरूको साथसमर्थन रहोस्।
प्रभु शाह, नेकपा एमाले
#दलिय_शासन_प्रणालीको_खुलेआम_हत्या
संविधानत् बहुदलीय संसदीय शासन प्रणाली अंगीकार गरेको नेपालमा प्रतिपक्षको कुर्सीमा बसी सत्ता पक्षलाई मतदान गर्ने कार्यले आज दलिय शासन प्रणालीको नाङ्गो उपहास भएको छ । प्रतिनिधि सभाको उहीं कार्यकालमा जनादेश बमोजिमको कार्य गर्दैगर्दा कोहि दलिय अनुशासनको नाममा पद मुक्त हुने र कोहि जनादेश विपरीत दलिय अनुशासनको नागों उपहास उडाउदै गर्दा पनि पुरस्कृत हुने कार्यले विधिको शासनको मजाक मात्र भएको छैन, दुनियाले देख्ने गरि संसद भवनमा दलिय शाषण प्रणालीको खुलेयाम हत्या भएको छ । यसरी मृत भएको दलिय शासन प्रणालीले मुलुकलाई थप जटिल एवं दुर्गन्धित बनाउनु पूर्व नै यसलाई चिहानमा लगी नयाँ विकल्पको खोजी गर्नू नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।
प्रदिप पाैडेल, नेपाली कांग्रेस
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
आज भएको विश्वासको मतमा - १६५ मत लिएर अत्याधिक बहुमतले विजय प्राप्त गर्नुभएकोमा "नेपाली कांग्रेसका सभापति"- सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।नेपाली कांग्रेस नेतृत्वकाे सरकारले लोकतन्त्र र संविधान प्रति पूर्ण प्रतिवद्ध भएर आफ्नो कार्य अघि बढाउनुपर्छ । जनताका समस्यामा बिना सर्त पूरा गर्न सक्नुपर्छ ।मेरो आग्रह छ, सरकारले विधि विधान र पद्धतिको मूल्यमा रहेर विवेकपूर्ण र संयमित भएर काम गरोस । शुभकामना । जय नेपाल ।
माेहमद इश्तियाक राइ, जसपा
आज देखी सम्माननीय शेर बहादुर देउबा ज्यूको सरकारले तत्काल कायम रहेको २७१ मध्धे १६५ को विश्वास मत प्राप्त अब ता उखाने हरूका लागी जनादेशको सरकार भयो ।
किरण पाैडेल, युवा संघ (नेकपा एमाले)
नेकपा एमालेका लाखौं कार्यकर्ताको उर्जा ,उत्साहमा पानी खन्याउदै ,उनिहरुको भावनामा गम्भिर आघात पुर्याउने गद्दार सांसदहरुलाई शशक्त बहिस्कार गरौ । सुर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने हरेक गद्दार सांसदहरुको निर्बाचन छेत्रमा भोली दिउसो २ बजे शशक्त बिरोध पर्दर्शन गरौं र ति गद्दार हरुलाई यो कार्यकालभर निर्बाचन क्षेत्रमा निषेध गर्न ,गराउनुहुन आह्वान गर्छौ।