नेकपा (एमाले) कार्यदलको बैठक शुरू भएको छ ।
मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेदेखि सिंहदरवारमा शुरू भएको हो । कार्यदलको बैठक सोमबार पनि बसेको थियो ।
कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ ।
साथै आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त वक्तव्य प्रकाशन गर्ने सहमति हुन सक्ने बताइएको छ । उक्त बैठकमा संयुक्त वक्तव्यको खाका तयार हुने र त्यसपछि ओली–नेपालले सार्वजनिक गर्ने तयारी छ ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।