जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेका छन् ।
पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले विवाद समाधानका लागि दुवै पक्षलाई छलफलमा बोलाएपछि ठाकुर र यादव पक्ष आयोग पुगेका हुन् ।
ठाकुर र यादवसँगै महेन्द्र राय यादव, राजेन्द्र महतो, शरतसिंह भडारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्णलगायत नेताहरु आयोग पुगेका छन् ।
उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।