नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गठन गरिएको नेकपा कार्यदल ब्युँतिएको छ। कार्यदल ब्युँतिएपछि सोमबार बेलुका ६ बजे सिंहदरबारमा बैठक बस्दै छ।
नेकपाले आन्तरिक विवाद समाधानका लागि २ जेठमा भीम रावलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यता नेकपा विरष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, धनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।
नेकपा ओलीले कार्यदल संयोजकसमेत रहेका नेता भीम रावललाई १२ जेठमा पार्टीबाट निकाल्ने निर्णय गरेपछि कार्यदल निस्क्रिय भएको थियो। यद्धपि अनौपचारिक संवाद भने कायमै थियो। जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको थिएन।