सोमबार राष्ट्रियसभामा एउटा बेग्लै तथा रोचक दृश्य देखियो। रोचक दृश्य हो, राष्ट्रियसभा सदस्यको विरोध र विरोध गर्ने शैली।
‘फुल ब्ल्याक ड्रेस’ मा उपस्थित भएका नेपाली कांग्रेसका राष्ट्रिय सदस्य राजेशजंग रायमाझीले सोमबार प्रतिनिधिसभा विघटनको विरोधमा कालो क्याप देखाएका छन्। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको विरोध गर्दै भने, ‘प्रतिनिधिसभा विघटन गरेको विरोधमा लाखौँ मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने थियो, तर कोरोनाका कारण त्यो सम्भव भएन।’
उनले शिरको कालो क्यापलाई हातमा लिएर झण्डाझै हल्लाए। उनले सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण आफूले यसरी विरोध गरेको बताए।