विपि अध्ययन प्रतिष्ठान झापाको अध्यक्षमा विशाल थापा चयन भएका छन्। बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच थापा अध्यक्षमा चयन भएका हुन्।
युवा व्यवसायी थापा बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका छन्। समितिको उपाध्यक्षमा किरण खनाल चयन भएका छन्। अब संगठनलाई विस्तर गरेर लैजाने खनालले बताए।
विपि अध्ययन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष धमेन्द्र नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता संविधान सभा सदस्य विश्वदिप लिङ्देनको रहेको थियो। कार्यक्रममा विपि अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझा, नेपाली कांग्रेस महासमिति सदस्य सीता पौडेल लगायतले धारण राखेका थिए।
कार्यक्रममा कांग्रेस स्थानीय नेता, उद्योगी तथा व्यवसायीको सहभागिता रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।