निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निषेधाज्ञाका समयमा ग्राहकको दैनिकिलाई थप सरल र सस्तो बनाउने उद्देश्यले आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले मात्र रू. ५९५ मा ६० जिबी डेटाको आकर्षक अफर सञ्चालनमा ल्याएकाे हाे।
याे प्याकेज हरेक दिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। स्मार्टका ग्राहकहरुले एकपटक प्याक खरिद गरेपछि ३० दिनको डेटा नसकेसम्म फेरि पटक-पटक सो प्याकेज खरिद गर्न सक्ने छैनन्। हरेक दिनको २ जीबी डेटा पनि अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ।
यो सेवा लिन प्रयोगकर्ताले *141*3*4*7# डायल गर्नुपर्छ।