राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपल्ट अर्को साता राष्ट्रिय सभाको बैठक सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले आजबाट सुरु हुन लागेको अधिवेशनको दौरान राष्ट्रपतिले सम्बोधन गर्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा जानकारी दिएका हुन् ।
यद्धपि राष्ट्रपति भण्डारीको सम्बोधन मिति टुङ्गो लागिसकेको छैन । तर संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरुको भने व्यवस्थापन गरिसकेको छ ।
राष्ट्रपतिको सम्बोधनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सम्बोधन मिति राष्ट्रिय सभा बैठकबाट तोकिनेछ । संसद सचिवालयले सामाजिक दुरी कायम गरेर सम्बोधन गराउन सक्ने गरी व्यवस्था गरेको जनाएको छ ।