चर्चित स्मार्टफोन ब्राण्ड साओमीले आगामी अगस्टमा मियूआई १३ उपलब्ध गराउने भएको छ। याे सँगै साओमी स्मार्टफोन प्रयाेगकर्ताले मियूआईको नयाँ भर्सन प्रयाेग गर्न पाउँनेछन्।
कम्पनीले यो नयाँ अपडेट उपलब्ध हुने स्मार्टफोनको सूची सार्वजनिक गरेको छ। सो सूचीअनुसार पहिलो चरणमा ८ सिरिजका स्मार्टफोनमा मियूआई १३ उपलब्ध हुनेछ।
१. साओमी मि ११
२. साओमी मि १० सिरिज
३. साओमी मि ११ सिरिज
४. रेड्मी के४० सिरिज
५. रेड्मी के३० सिरिज
६. रेड्मी–नोट १० सिरिज
७. रेड्मी नोट ९ सिरिज
८. रेड्मी नोट ८ सिरिज