महाधिवेशनको दिन नजिकिएसँगै नेपाली काँग्रेसका नेताहरुको चहलपहल पनि बढेको छ। यसैविच महाधिवेशनबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
यसपटक महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने आकांक्षा देखाएका पौडेलले दिउसो बैठक बसेर यसबारे आफुँनिकट केन्द्रिय सदस्यहरुसँग छलफल गर्ने एक नेताले बताए। पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको थियो।
उता काँग्रेस सभापति शेरबहादुर देउवाले पनि पुनः सभापतीमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनले आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल गरीसकेका छन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन्। उनले सभापतिका आकांक्षीसँगको भेटघाट बढाएका छन् भने युवा नेताहरुसँग छलफल गरेका छन्।