राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् .। आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
