प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भिर संकटमा पर्ने अवस्था आएको भन्दै विपक्षी गठबन्धनले विज्ञप्ती जारी गरेको छ। गठबन्धनका पाँच जना नेताहरुले मुलुकको हालसम्मको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको उल्लेख गर्दै सयुंक्त विज्ञप्ती जारी गरेका हुन्।
विज्ञप्तीमा लेखिएको छ, ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका छन्। नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ। राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ।’
गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्ती
