पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।
खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ। उपचारमा अक्सिजनको सर्पोट राखिएकोमा हटाइएको छ। खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो।