पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित बरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली प्रस्थान गरेका छन्। मगंलबार ज्वरो र शरिरमा हेमोग्लोबिनको कमी देखिएपछी उनलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि खनाललाई दिल्लीको एपोलो हस्पिटल लगिएको हो।
दिल्ली प्रस्थान गनुअघि पुर्वप्रधानमन्त्री खनालले एउटा प्रेस विज्ञप्ती जारी गरेका छन्। विज्ञप्तीमा उनले देशको राजनीतिक अवस्थाले आफुँलाई चिन्तित बनाएको उल्लेख गरेका छन्। ‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन्,’ विज्ञप्तीमा लेखिएको छ, ‘त्यहि अन्तरसंघर्षको पराकम्पन हाम्रो तत्कालिन पाटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले)मा परिरहेको छ।’
अहिलेको अवस्थालाई दुर्भाग्यपुर्ण बताउदैँ दलहरुविचको टकराव तत्काल अन्त्य हुनुपर्ने पुर्वप्रधानमन्त्री खनालले जिकिर गरेका छन्। ‘टुट–फुट र विभाजन होइन एकता गर्ने–गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु,’ विज्ञप्तीमा लेएिको छ।
