गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्। उनले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।