हुन त राजनीति कुनै पनि मुलुकका लागि मुल नीति हुन्छ। तर, नेपालमा यसलाई धेरैले घृणीत ठान्छन। नेपाली जनतामा राजनीतिप्रति एक किसीमको वितृष्णा छ र यो वितृष्णाको कारण हो, राजनीतिमा लागेकाहरुको रवैया। पछिल्लो समय यो घृणा र वितृष्णा झन्–झन् बढीरहेको छ।
सत्ताको खेलमा लिप्त अहिलेका नेताहरुका कारण राजनीति र राजनीतिमा लागेकाहरुलाई आम जनताले हेर्ने दृष्टिकोण निकै भिन्न बनिसकेको छ। तर, नेपाली राजनीतिको ईतिहासमा यस्ता पात्रहरु पनि थिए जसको मृत्युपछी पनि जनताको मनमस्तिकमा अमर बनेर बसेका छन्। आज हामी त्यस्तै तीन जनप्रिय नेताहरुको बारेमा कुरा गर्छौ जसले अल्पायुमा ज्यान गुमाए।
१. उज्जवल थापा
बिवेकशील पार्टीका संस्थापक संयोजक हुन, उज्जवल थापा। नेपाली राजनीतिमा उनलाई ‘ट्रेन्डसेटर’को रुपमा चिनिन्छ। उज्जवल थापाको नेतृत्वमा उदाएको बिवेकशील पार्टीको शान्तिपुर्ण रुपमा बिरोध गर्ने शैली धेरैले मन पराए।
कोरोना संक्रमणका कारण मगंलबार निधन हुँदा उज्जवल ४४ वर्षका मात्र थिए। बैकल्पिक राजनीतिलाई नयाँ उचाँईमा पुर्याउन सफल उज्जवलको मृत्युले समग्र राजनीतिक वृत्त र आमजनतालाई स्तव्ध बनायो। उनको मृत्युपछी सामाजिक सञ्जालमा देखिएका शव्दहरुले उनको लोकप्रियता बयान गरिरहेका थिए।
उनी राजनीतिज्ञमात्र थिएनन् उद्यमी र सामाजिक कार्यकर्ता पनि थिए। काठमाडौंबाट प्रारम्भिक अध्ययन पुरा गरेपछी उन उच्च शिक्षाका लागि अमेरीका गए। चाहेको भए उनी त्यहै स्थापित हुन सक्थे तर, उनी नेपाल फर्किए, जनताको आवाजलाई सशक्त रुपमा उठाउने अभिभारा बोक्न। ठुलो युवा जमातको मश्तिष्कमा राजनीतिक चेतना भर्ने श्रेय उज्जवल थापालाई दिँदा अन्याय पक्कै हुने छैन्।
२. रविन्द्र अधिकारी
कम्युनिष्ट आन्दोलनका योद्धा थिए रविन्द्र। राजनितिक वृत्तमा अलग्गै छवि बनाउन सफल रविन्द्र भद्र, शालिन, बौद्धिक र विकाशप्रेमी नेताको रुपमा चिनिन्थे। ४९ वर्षको उमेर हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाउदा उनी बहालवाला पर्यटनमन्त्री थिए।
रविन्द्रको मृत्युले सबैलाई स्तव्ध बनायो। विपक्षी दलहरु समेत उनको प्रशंशा गर्न कञ्जुस्याई गर्थेनन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक जिवन शुरु गरेका रविन्द्रले राजनीतिसम्बन्धि विभिन्न पुस्तक पनि लेखेका थिए।
३. मदन भण्डारी
जननेता मदन भण्डारी, एक दुरदर्शी नेता। नेपालीराजनितीक इतीहासमा मदन भण्डारीजत्तिको अग्लो कमै राजनीतिक व्यक्तित्वले बनाए। निडर स्वभाव र प्रखर वाकशैलीका धनि उनी नेकपा एमालेको एमालेको मुल सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक हुन।
नेपाली काँग्रेसका दिग्गज हस्ती कृष्ण प्रसाद भट्टराईलाई बहालवाला प्रधानमन्त्री रहेकै बेलामा २०४८ सालको निर्वाचनमा पराजित गरेका उनी जनताको मनमस्तिकमा बसेका नेता थिए। नेपालमा राजतन्त्र जिवितै रहेको बेलामा राजनीतिमा उदाएका भण्डारी खुला मञ्बाट राजालाई चुनाव लड्न ठाडो चेतावनी दिनेसम्मको हिम्मत राख्थे।
२०४७ सालमा भुमिगत जिवनबाट बाहिर आएका भण्डारीको खुल्ला राजनीतिको यात्रा निकै छोटो थियो। तर त्यहि छोटो समयमा नै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाले।
नेपाल सरकारबाट प्रदान गरीने नेपाल रत्न मान पदवीबाट विभुषित मदन भण्डारीको मृत्यु दासढुङ्गामा कार दुर्घटना हुँदा भयो, २०५० सालमा। उनी त्यतीबेला मात्र ४२ वर्षका थिए।