नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सर्वोच्च अदालतमाथि सृजना गरिएको दवाव र पार्टीभित्रको बिवादलगायतको सन्दर्भमा समिक्षा गरिएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए। ‘आफुँले भनेकै न्यायाधिश चाहिन्छ र आफुँले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले सृजना गरिएका दबावहरु स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल खादैन्,’ उनले भने, ‘यस्ता कुराहरु उचित होइनन् र यस्ता कुराहरु हुनुहुँदै भन्ने निष्कर्ष निकालेका छौ।’
प्रवक्ता ज्ञवालीले पार्टी एकता जोगाउनका लागि भइरहेको छलफलको बिषयमा पनि छलफल भईरहेको उनले बताए। उनले पार्टी एकताको लागि अन्तिम समयसम्म पनि तयार रहेको जानकारी गराए। बैठकमा बजेटको सन्दर्भमा पनि छलफल भएको उनले जानकारी दिए।
‘बजेट अहिलेको आवश्यकतालाई पुर्ती गर्ने, जनताको चाहनाअनुसारको र मुख्यतया कोभिडसँगको लडाई र कोभिडपछीको आर्थिक पुनरोत्थानलाई केन्द्रित गरेर आएको हुनाले यो सकरात्मक छ भन्ने निष्कर्ष निकालेका छौ,’ प्रवक्ता ज्ञवालीले भने। उनले कोभिड नियन्त्रणमा सरकार गम्भिरतापुर्वक जुटेको पनि बताए।