नेकपा एमाले एकताको प्रयास अझै पनि जारी छ। पार्टीका दोश्रो तहका नेताहरु एकताको आधार पहिल्याउन अझै कसरत गरिरहेका छन्। सोमबार राती पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल –झलनाथ खनाल समुहका दोश्रो तहका नेताहरु बैठक बसे।
चार घण्टासम्म चलेको बैठकमा अध्यक्ष ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने माधव–भलनाथ पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए। बैठकपछी उनीहरुले पार्टी एकताको ढोका खुलेको प्रतिकृया दिए। ‘पार्टीको एकता जोगाउनका लागि गम्भिर छलफल गरियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘अब आ–आफ्ना खेमाका नेताहरुसँग छलफल गरेर अघि बढ्नेछौ।’ पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काएर एकतालाई मुर्तरुप दिने बिषयमा छलफल भएको उनले बताए।
धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्न विपक्षी दलका नेतालाई सघाएपछी र राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न माधव–भलनाथ समुहले भुमिका खेलेपछी पार्टीभित्रको बिवाद झन बढेको थियो। सोही बिवादका कारण पार्टी एकता कायम राख्ने जिम्मेवारी सहित गठन भएको कार्यदलको बैठक समेत बस्न सकेको छैन्।
पछिल्लो समय चरणबद्ध छलफल गर्दै पार्टी एकता जोगाउने निष्कर्षमा पुगेका ओली र नेपालविच अहिले संवादहिनताको अवस्था छ। अध्यक्ष ओलीले माधव–झलनाथ समुहबिरुद्द आक्रामक बन्दै कारबाहीको प्रकृयाहरु अघि बढाएपछी पार्टभित्रको समस्या झन बढेको छ। दुबै पक्षका नेताहरु आरोप–प्रत्यारोपमा व्यस्त रहेको बेलामा दोश्रो तहका नेताहरुले गरेको एकताको प्रयासले पार्टीलाई जोगाउन सक्ने ओलीनिकट एक नेताले बताए।