नेकपा एमालेको भ्रातृ संघठन राष्ट्रिय युवा संघ नेपालको प्रदेश नम्बर २ को ईञ्चार्जमा सञ्जिव कुमार झा सुरज चयन भएका छन्। भर्चुअल माध्यमबाट सोमबार सम्पन्न संघको केन्द्रिय सचिवालयको प्रथम पुर्ण बैठकले यस्तो निर्णय लिएको हो।
युवा संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका सुरज २ नम्बर प्रदेशमा युवाहरुमाझ चर्चित छन्। उनले त्यस क्षेत्रमा युवा संघका साथै पार्टीकै संगठन निर्माणमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएका थिए। ‘मलाई संगठनले दिएको जिम्मेवारीलाई गम्भिरता पुर्वक लिएको छु,’ सुरजले भने, ‘संगठनलाई मजबुत बनाउदैँ जनताको सेवामा युवा संघलाई अगाडी बढाउने छु।’
पछिल्लो समय जसपा र एमालेको सहकार्यमा महेश बस्नेतसँगै उनले पनि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए। सुरज प्रधानमन्त्री ओली र सांसद महेश बस्नेतको निकटतम् रबिश्वासपात्र रुपमा चिनिन्छन्।
प्रदेश नम्बर २ को सह ईन्चार्जमा सत्यनारायण यादब र सीता सुवेदी, प्रमु्खमा शिबचन्द्र सिंह र उपप्रमुखमा मोबिन आलम चयन भएका छन्। कार्यालय कमिटीको बैठकले सचिव, जिल्ला ईन्चार्ज र सह–ईन्चार्जको चयन गर्ने इञ्चार्ज सुरजले बताए।