काठमाडौं – नेपालमा जारी त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेलहरु दर्शकले मैदानमा गएर प्रत्यक्ष हेर्न नपाउने भएका छन्। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि नेपाल क्रिकेट सङ्घ, क्यानले विज्ञप्ती जारी गर्दै मैदान प्रवेशमा रोक लगाएको हो।
मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान जारी सिरिजका बाँकी खेलहरु दर्शकविहिन सञ्चलन हुने भएका हुन्।
क्यानको तर्फबाट विज्ञप्ती जारी गर्दै सचिव अशोकनाथ प्याकुरेलले यसबाट नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्षमा मागेका छन्। यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए। सिरिजअन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्।