काठमाडौं– सरकारले आज गरेको राजदूत सिफारिस र मुख्य सचिव प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओली र उक्त सिफारिस नेकपाको सचिवालय र स्थायी कमिटीसँग छलफल नै नगरि गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले कँहिकतै सल्लाह नगरि आफु खुसी उनीहरुलाई सिफारिस गरेको स्रोतले बतायो ।
यसमा सिंगो नेकपा सचिवालय नै असन्तिुष्टगरेको स्रोतले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा, शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
त्यस्तै पूर्वमुख्य सचिव रेग्मीलाई सरकारले बेलायतको राजदूतमा सिफारिस गरेको थियो ।