सिन्धुपाल्चोक - कोरोना भाइरसको महामारीको बेला पनि जनताले पाउनु पर्ने राहत र औषधिमा राजनीतिकरण भएको छ ।
गाउँपालिकामा आएको राहत सामग्री तथा औषधिहरु सुनकोशी गाउँपालिकाले व्यक्ति विशेषलाई हेरेर दिएको र उक्त सामग्री कांग्रेसका कार्यकर्ताहरुलाई मात्र वितरण गरिएको सुनकोशी गाउँपालिका वडा नं ७ का स्थानियले बताएका छन् ।
यस अघि वितरण गरेको राहतमा पनि कांग्रेसले मात्र एकलौटी व्यक्ति छानेर बाडँेको नेकपा वडा कमिटिले आरोप लगाएको छ ।
त्यस्तै दीर्घरोगीलाई दिइने औषधिहरुमा पनि राजनीतिकरण भएको र यस्तो संवेदनशिल विषयमा स्वास्थ माथि खेलबाड गर्नु लाजमर्दो भएको उनीहरुको भनाई छ ।
पछिल्लो समय पोहिरोको नाममा सुनकोशि गाउँपालिकामा व्यापक भ्रष्टाचार भैरहेको पनि स्थानियले बताएका छन् ।