काठमाडौं– स्पेनी फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले क्लब छोड्न लागेको समाचारहरु विभिन्न सञ्चार माध्यमबाट प्रकाशित÷प्रशारण भैरेहका छन् । गत मंगलबार मात्र मेस्सीले क्लब छोड्नको लागि पत्र पठाएको समाचारहरु आएको थियो ।
बार्सिलोनाको व्यवस्थापकहरुले पनि मेस्सीको यो निर्णयलाई लिएर आकस्मिक बैठक बसेका थिए । यूइएफए च्याम्पियन लिगमा बार्सिलोनाले बायर्न म्युनिखसँग सबैभन्दा ठूलो हार बेहोरेको र क्लबको प्रशिक्षकसँग उनको राम्रो सम्बन्ध नरहेको कारण मेस्सीले क्लब छोड्न चाहेको कुराहरु यतिबेला फुटबल जगतमा छाएका छन् ।
बार्सिलोनामा मेस्सीको करार अवधि आउँदो जुनमहिनामा सकिदैं छ । उनको पछिल्लो समय सन् २०१७ मा ४ वर्षको लागि बार्सिलोनामा रहनेगरी क्लबसँग सम्झौता गरेका थिए । अझै केही समय बाँकी रहे पनि मेस्सीले क्लब छोड्न निवेदन दिएका हुन् ।
बार्सिलोनामा अनुबन्ध भएसँगै आफ्नो र क्लबको छवि उच्च बनाएका मेस्सीको बार्हिगमन भने सुखद नहुने हो कि नभनेर अहिले चचा भैरहेको पनि छ । आज हामी यहाँ १६ वर्षमा बार्सिलोनाका लागि मेस्सीले दिलाएका सफलता र उनले क्लबबाट गरेको गोलको चर्चा गर्नेछौं ।
बार्सिलोनामा मेस्सी
मेस्सीले सन् २००४ अक्टोबर १६ मा १८ वर्षको उमेरमा बार्सिलोनाबाट खेल्न थालेका हुन् । त्यसबेलादेखि अहिलेसम्म क्लबबाट उनले ७ सय ३१ खेल खेलेका छन् भने ६ सय ३४ गोल गरेका छन् । त्यस्तै मेस्सीले २ सय ७६ पटक असिस्ट पनि गरेको रेकर्ड छ ।
१६ वर्षसम्म बार्सिलोनाबाट खेलेका मेस्सीले क्लबलाई १० पटक लालिगा च्याम्पियन तथा ४ पटक यूइएफए च्याम्पियन लिग तथा ६ पटक कोपा डेल रे जिताएका छन् ।
त्यस्तै बार्सिलोनाबाट व्यावसायिक रुपमा फुटबल खेल्ने मेस्सी फोब्र्सको सूचीमा फुटबलबाट सबैभन्दा धेरै पैसा कमाउने खेलाडी पनि बनेका थिए । मेस्सीले गतवर्ष मात्र १४ अर्ब १२ करोड नेपाली रुपैयाँ कमाएका थिए ।
बार्सिलोनाबाट खेलेर अत्याधिक सफलता पाएका मेस्सीले ६ पटक संसारको उत्कृष्ट खेलाडीको उपाधि ‘बालन डि ओर अवार्ड’ हात पारेका छन् भने १२ पटक यसको लागि छानिएका छन् ।
बार्सिलोनाका लागि मेस्सीले गरेका सर्वोत्कृष्ट गोलहरु
सन् २००७ मा मेस्सीले स्पेनिस कोपा डेल रेमा गेटाफेविरुद्ध गरेको गोल निकै उत्कृष्ट गोल मानिन्छ । कोपा डेल रेको सेमिफाइनल खेलमा उनले गेटाफेका ४ जना डिफेन्डर लाई छक्याउँदै गोल गरेका थिए ।
बार्सिलोनाका सर्मथकसहित धेरैले रुचाएको यो गोल सर्वश्रेष्ठ गोल घोषित भएको थियो ।
सन् २००७ मा स्पेनिस लालिगामा बार्सिलोना र रियल मड्रिड बीच भएको खेलमा मेस्सीले गरेको ह्याट्रिक फुटबल जगतमा आजपनि कुरा हुने गर्छ ।
उनी त्यतिबेला जम्मा १९ वर्षका मात्र थिए । ९० मिनेटको अवधिमा मेस्सीले १० औं, २७ औंर ४६ औं मिनेटमा गोल गर्दै रियललाई स्वाद चखाएका थिए ।
सन् २०१८/१९ मा मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लिगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट मानिन्छ । उनले गरेको यो गोल ‘युइएफए गोल अफ दि सिजन’ समेत घोषित भएको थियो ।
उनले डिबक्स बाहिरबाट गरेको फ्रि किक गोलम परिणत भएको थियो । त्यतिबेला बार्सिलोनाले लिभरपुललाई ३–० गोलले हराएको थियो ।
गतवर्षको स्पेनिस लालिगामा एइबारसँग भएको खेलमा बार्सिलोनाले ५–० गोलको फराकिलो जित निकाल्दा मेस्सी एक्लैले ४ गोल गरेका थिए । खेलमा उनले १४ औं, ३७ औं, ४० औं र ८७ औं मिनेटमा गोल गरेका थिए ।
सन् २०१८÷१९ को च्याम्पिन्यस लिगमा पीएसभी आइन्डहोभनसँग भएको खेलमा मेस्सीले बार्सिलानालाई जिताउन ह्याट्रिकमात्र गरेनन् उनले एउटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एकै पटकमा तीन कीर्तिमान समेत रचेका थिए ।
उनले यो खेलमा च्याम्पियन्स लिगको समूह चरणमा ह्याट्रिक गर्ने आठौँ खेलाडी बने भने समूह चरणमा धेरै गोल गर्ने खेलाडी समेत बनेका थिए ।
त्यस्तै मेस्सीले खेलमा गरेको फ्रि किक गोल रियल मड्रिडका राहुलको कीर्तिमानलाई पनि बराबरी गरेको थियो । उनले च्याम्पियन्स लिगमा लगातार १४ सिजन गोल गर्ने राहुलको कीर्तिमानलाई बराबरी गरेका थिए ।
एजेन्सीको सहयोगमा