काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन गठित ६ सदस्यीय कार्यदललाई कमजोर पार्ने षड्यन्त्र भइरहेको कार्यदलका सदस्य भीम रावलले बताएका छन् ।
मन्त्री हेरफेर गर्ने विषयमा पार्टीमा छलफल नै नभएका बेलामा कार्यदलका अधिकांश सदस्यहरुको नाम नयाँ थपिने मन्त्रीको लिष्टमा राखिएको उनले बताए ।
‘पार्टीमा मन्त्री हेरफेर गर्नेबारेमा छलफल भएको छैन् । आन्तरिक विवाद समाधान गर्न गठित कार्यदललाई कमजोर पार्न यस्तो यस्तो खालको अफवाह फैलाइएको हो ।’ उनले भने ।
आन्तरिक विवाद मिलाउन महासचिव विष्णु पौडेल, भीम रावल, जर्नादन शर्मा, शंकर पोखरेल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे लगायत ६ सदस्यीय कार्यदलबाट भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल ४ जनाको नाम नयाँ थपिने मन्त्रीहरुको सुचीमा छ ।