काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अस्वस्थ भएका छन्।
‘अध्यक्ष प्रचण्डले सम्माननीय प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिए’, प्रचण्डको सचिवालयका सदस्यहरुले बताए।
प्रचण्ड स्वयम् मौसमी रुघाखोकी र सामान्य ज्वरो आएपछि अहिले घरमा आराम गरिरहेका छन्। त्यसको भोलिपल्ट ओलीको शल्यक्रिया गरिएको थियो। मिर्गाैला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनले कोरोना संक्रमणको जोखिमका कारण केही दिन सार्वजनिक कार्यक्रम र भेटघाटको कार्यक्रम नराख्न आग्रह गरेका छन्।