लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ। आज बँेसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता , नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।
बैठकमा प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए। बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पु¥याउन, पार्टीको विधान, नीति तथा अभिायनका बारेमा जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो।
बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ। नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्य्विभाजन र जिम्मेवारी बाडफाँडलगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्नेलगायतका निर्णय पनि गरेको छ।
बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन, सङ्गठन र आर्थिक विभागसमेत निर्माण गरेको छ।