पाल्पा, १ फागुन - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रशस्त नदीनाला भएकाले जलविद्युतकाे सम्भावना राम्रो रहेको बताएका छन्। यहाँका नदीनालाको भरिपूर्ण सदुपयोग हुन नसक्दा विदेशीका भरमा बिजुली बाल्नुपर्ने स्थिति रहेको उनले बताए।
राष्ट्रिय जनमोर्चाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘संसदमा ल्याइएकाे नागिरकता विधेयक राष्ट्रिय हितमा छैन।’ उनले संसदबाट नागरिकता विधेयक हुबहु पारित भएमा विदेशी नागरिकले पनि सजिलै वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने खतरा बढेको बताए।
विदेशीले सजिलै नागरिकता पाएमा मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, आइजीपी, प्रधानन्यायाधीश विदेशी बन्ने बाटो खुल्ने खतरा रहेको केसीले औँल्याए।