एजेन्सी– ब्राजिल तथा बार्सिलोना क्लबका लेजेण्ड फुटबल खेलाडी रोनाल्डिन्हो पाराग्वेमा झुटो कागजात प्रयोग गरी दक्षिण अमेरिकी देशहरु प्रवेश गर्न खोजिएको आरोपमा पक्राउ गरिएको छ।
सन् २००२ मा ब्राजिलबाट विश्वकप जितेका ३९ वर्षीय रोनाल्डिन्होलाई बुधवार राति रिसोर्ट याट एण्ड गल्फ क्लब पराग्वायोबाट उनका भाइ रोबर्टोसँगै पक्राउ गरिएको पाराग्वेको आन्तरिक मन्त्रालयले जनाएको छ।
ला नासिओनका अनुसार त्यहाँको होटलमा भेटिएको पासपोर्टको विवरण अनुसारमा रोनाल्डिन्हो र रोबर्टोको दुवैले पाराग्वेको नागरिकको रुपमा पासपोर्ट लिएको देखिएको छ।
पाराग्वेको पुलिसले आधिकारिक विज्ञप्तिमा भनेको छ कि रोनाल्डिन्हो र उनका समुहलाई क्यासिनोका मालिक नेल्सन बेलोट्टीले पराग्वेमा आमन्त्रित गरेका थिए।
हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन। उनलाई अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना गरेको थियो। त्यो बापत उनलाई ८५ लाख डलर जरीवान गरिएको थियो। तर उक्त जरिवाना रकम भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँको सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश गरेको थियो। उनले २०१५ मा त्यहाँस्थित एक तालमा बिना लाइसेन्स माछा मार्ने अखडा बनाएका थिए।
रोनाल्डिन्होले सन् २००५ मा ‘बालोन डी ओर’ तथा २००४ र २००५ मा ‘फिफा वर्ल्ड प्लेयर अफ द ईयर’ जस्ता ठुलो सम्मानहरू पाएका थिए।