काठमाडौँ, १ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले २ फागुन अर्थात भोलि विहिवार मा पानीजहाज कार्यालय उद्घाटन गर्ने भएका छन्।
ललितपुरको एकान्तकुनामा रहेको पानीजहाज कार्यालयको नेतृत्व इन्जिनियरिङ सेवाअन्तर्गतको राजपत्रांकित तृतीय श्रेणीका व्यक्तिले गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत स्थापना हुने पानीजहाज कार्यालयमा कार्यालय प्रमुखसहित १६ जना कर्मचारी रहनेछन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।