काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आज(बुधबार) बिहान १० बजे अपरेशन थिएटरमा लगिएको छ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले भने, ‘अहिले १० बजे प्रधानमन्त्री ज्यूलाई अपरेसन कक्ष लगिएको छ। अब शल्यक्रियाको काम शुरु हुन्छ। कति समय लाग्छ भन्ने बारे यकिन छैन्। के हुन्छ हामी तपाईंहरुलाई जानकारी गराउने छौं।’
प्रधानमन्त्री ओलीलाई भन्दा अगाडी नै डोनरलाई अपरेसन कक्षमा लगिएको डा खड्काले जनाए।