एजेन्सी– थाईल्याण्डलाई ९ विकेटले पराजीत गर्दै नेपालले एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेको हो।
६७ रनको लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेटको क्षतीमा पुरा गर्यो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो।