काठमाडौँ, १ फागुन – राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रावधानसहितको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।
मंगलबार पूर्वरक्षामन्त्री एवं सरोकारवालालाई सिंहदरबारमा ब्रिफिङ गएिको मस्यौदामा वर्तमान सरकारका राजनीतिक नारालाई स्थान दिइएको छ । चार घन्टा चलेको छलफलको सुरुमा संशोधनका लागि गठित समितिका तर्फबाट पूर्वउपरथी देवेन्द्र मेधासीले मस्यौदाबारे बुँदागत जानकारी गराएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
आठ अध्यायमा विभक्त मस्यौदामा प्रधानमन्त्री केपी ओलीको राजनीतिक नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ दुई ठाउँमा उल्लेख छ । सहभागीका अनुसार प्रस्तावित मस्यौदामा ‘विविधिता’ शब्दको प्रयोग भएको छ, तर ‘बहुलता’को उल्लेख छैन । असमान सन्धि–सम्झौता खारेज गर्ने मात्र नभएर नेपालको आधिकारिक नक्सा जारी गर्ने विषयसमेत उल्लेख गरिएको छ ।
राष्ट्रिय सुरक्षा नीतिका संशोधित मस्यौदा
राष्ट्रिय सुरक्षाको प्रतिकूल सूचना प्रसारण तथा प्रकाशन गर्ने व्यक्ति र सञ्चारमाध्यमलाई नियन्त्रण गरिनेछ ।
राजनीतिक स्थायित्व सुुनिश्चित गरिनेछ ।
असमान सन्धि खारेज गरिनेछ ।
सीमा विवाद अन्त्य गरेर नेपालको आधिकारिक नक्सा जारी गरिनेछ ।
समृद्ध नेपाल, सुखी नेपालीको मूलमन्त्रमा जोड दिइनेछ ।
राजनीतिक अस्थिरता सिर्जना गर्न खोज्नेहरूलाई निरत्साहित गरिनेछ ।